मगर लेखक संघ गण्डकीको अध्यक्षमा आले
तनहुँ | असार ९, २०८२
तनहुँ: नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशको अध्यक्षमा खड्क आलेमगर सर्वसम्मत निर्वाचित भएका छन् ।
तनहुँको भिमाद नगरपालिका–६, मालेबगरस्थित गणेश एकेडेमीमा शनिबार सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट यसअघि उपाध्यक्ष रहेका आलेमगर अध्यक्षमा निर्वाचित भएका हुन् ।
संघको उपाध्यक्षमा दीपक सिंजालीमगर, सचिवमा भोज विवश खण्डलुकमगर, सह–सचिवमा पुनम थापामगर र कोषाध्यक्षमा पूर्ण ठाडामगर सर्वसम्मत निर्वाचित भए ।
११ सदस्यीय प्रदेश समितिका सदस्यहरूमा लेखबहादुर आलेमगर (स्याङ्जा), थमनसिंह रानामगर (तनहुँ), रुयाशा थापामगर (बागलुङ), यामबहादुर थापामगर “दिनेश” (नवलपुर) निर्वाचित भएका छन् । बाँकी दुई सदस्य दिए ।
अधिवेशन सम्पन्न गर्नका लागि संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा नेपाल मगर संघ, गण्डकी प्रदेश सदस्य बेलमाया आलेमगर र गणेश एकेडेमीका प्राचार्य मनबहादुर सारूमगर सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...
पोखरा । ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ । पातिखोला गुफा संरक्षण समितिको...
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

